‘ओली बा समूह’ खोल्न माधव नेपालको ओलीलाई सुझाव

२६ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यता बाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे ।

उनले भने “चोइटिएको समूह पार्टीको मूल समुह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौ । पार्टीको साधरण सदस्यबाट पनि बर्रखास्त गरिसकेका छौ । उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासंग कुनै सम्बन्ध रहेको छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरु उतै जान्छन् । जहाँ नेकपा पार्टी छ , जहाँ हामी छौ त्यहाँ सूर्य चिन्ह आउँछ । अरु कसैले खोस्न सक्तैन ।”

Advertisement

उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले आफुहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पारे । उनले अहिलेको संघर्षलाई ओली र आफुहरुबीचको निजी लडाईको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईको रुपमा बुझ्न आग्रह गरे ।

उनले भने “ अहिलेको लडाई केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो । केपीको नयाँ नयाँ अवतार चाह्रिएको छैन । केपीको नयाँ नयाँ अवतार आयो भने के होला यो देशमा ? थिलो थिलो भएर सकिन्छ । अहिले हामी लागेका छौ केपी ओलीको प्रतिगमन विरुद्धको संघर्षमा । संविधान मिच्ने उनका कदमका विरुद्धमा र संविधान मासेर उनले संबैधानिक शासनलाई जसरी चुनौति दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धिहरु तहसनहस हुने खतरा बढेको छ । त्यसैले ती उपलब्धीहरु जोगाउने कुराको पक्षमा जुधिरहेका छौ । केपी ओली र आफूहरुबीचको निजी लडाई नभई यो पार्टी भित्रको लषई मात्रै पनि होइन, नेकपाको अन्तरद्वन्द्व मात्रै पनि होइन । संविधानलाई सम्मान गर्ने र क्षत्विच्छेद पार्ने बीचको लडाई हो ।”

लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफुहरुले जित्नै पर्ने भन्दै उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top