×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

२६ माघ, काठमाडौँ।

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ ।

Advertisement
Advertisement

प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

राष्ट्रिय समाचार समिति (रासस) ले प्रजातन्त्र दिवससम्बन्धी आलेख, लेख, टिप्पणीलगायत समाचार सामग्री प्रकाशन गर्ने भएको छ । यसैगरी नेपाल टेलिभिजन र रेडियो नेपालबाट दिवसको विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद, अन्तरक्रिया, छलफललगायत जनचेतनामूलक कार्यक्रमको प्रसारण गरिने भएको छ । सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चारमाध्यम रेडियो, टेलिभिजनलगायतबाट पनि जनचेतनामूलक कार्यक्रमको प्रसारण गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

गोरखापत्र, द राइजिङ नेपाललगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा दिवसको विशेषाङ्क÷स्मारिका र बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सङ्गालो प्रकाशन गरिने भएको छ । निजी क्षेत्रका प्रकाशन गृहलाई पनि यस्ता सामग्री प्रकाशनका लागि अनुरोध गरिने निर्णय भएको छ । दिवसका अवसरमा आआफ्ना घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न आमसञ्चार माध्यमबाट प्रचारप्रसार गरिने सचिव बस्यालले बताए । सूचना तथा प्रसारण विभागले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व र आवश्यकतासमेतलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी वर्गीकरणमा परेका सबै पत्रपत्रिकामा लोक कल्याणकारी विज्ञापनका रुपमा उच्च प्राथमिकताका रुपमा सन्देश प्रकाशन गरिने भएको छ ।

नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसको विविध पक्ष समेटिएको वृत्तचित्र प्रसारण गरिने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट ७१औँ प्रजातन्त्र दिवसको सैनिक मञ्चमा हुने मूल समारोहको प्रत्यक्ष प्रसारणसमेत गरिने छ । समारोहको प्रत्यक्ष प्रसारण गर्न इच्छुक रेडियो, एफएम रेडियो र टेलिभिजनलाई रेडियो नेपाल र नेपाल टेलिभिजनले सहजीकरण गरिदिने भएका छन् ।

दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकलाई शुल्कमा विशेष छुट दिने लगायतका अन्य प्याकेज ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले व्यवस्था मिलाउने भएको छ । यसैगरी दिवससम्बन्धी शुभकामना सन्देश प्रवाह गर्न प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने भएको छ । मन्त्रालय एवं सम्बद्ध निकायले दिवससम्बन्धी नारा आआफ्ना वेबसाइटमा अपलोड गर्ने र फागुन ६, ७ र ८ गते दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत उपसमितिको आजको बैठकले गरेको छ । बैठकमा राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलगायतको सहभागिता थियो ।

यसअघि माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष त्यसै दिन राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमासमेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ ।

Advertisement

फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना र विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको हो ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top