भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

२७ माघ,बैतडी ।

मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई साेमबार बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।

सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसअघि घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् ।

Advertisement

भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो । बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ ।

घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए ।

Advertisement

भागरथीका आफन्तसँग सोधपुछ गर्नाका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेका छौँ, उनले भने, “शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको छ, यसमा स्थानीय बासिन्दाको पनि सहयोग आवश्यकता छ ।”

यस्तै किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको छ । यता शव परीक्षण भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए ।

भागरथीको शव परीक्षणको कार्य शनिबार सकिएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

हत्यारा पत्ता लगाउन प्रहरी परिचालन

घटनालाई गम्भीर रुपमा लिइएकाले सम्पूर्ण शक्ति परिचालन गरी भागरथीको हत्यारा पत्ता लगाउन प्रहरीको सङ्घीय, प्रदेश, अनुसन्धान ब्युरो, जिल्लाको सम्पूर्ण शक्ति परिचालन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

विभिन्न कोणबाट अध्ययन र अनुसन्धान भइरहको छ उनले भने, “अपराधीलाई जुनसुकै हालतमा पत्ता लाग्छ, हाम्रो सबै जनशक्ति यसै घटनामा केन्द्रित छ ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

मुख्यमन्त्री भट्टलाई ज्ञापन

भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।

बैतडीका स्थानीयले आज भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेर ज्ञापनपत्र बुझाएका हुन् ।

घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका माधव विष्टले जानकारी दिए ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top