कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

२६ माघ ७७, मंगलबार

२७ माघ, ताप्लेजुङ ।

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए । जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् । त्यसैगरी आठ जना डाका मुद्दा, तीन जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, चार जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् ।

Advertisement

त्यसैगरी दुई जना सवारी ज्यान मुद्दा, तीन जना जबर्जस्ती करणी, अपरहण मुद्दा, पाँच जना हातहतियार खरखजना, आगजनी मुद्दा, एक जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, छ जना बहुविवाह मुद्दा, एक जना आगजानी अपरहण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, एक जना अवैध वन पैदवार मुद्दा, सात जना हाडनाता कारणी मुद्दा, दुई जना ठगी र अभद्र व्यवहार, आठ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् । दुई जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताए ।

एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताए । दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताए । कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उनले बताए । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उनको भनाइ थियो ।

Advertisement

कारागारमा दरबन्दीअनुसार कार्मचारी अभाव

ताप्लेजुङ कारगारमा नौ जनाको दरबन्दी रहेकामा अहिले जेलर एक, करारमा एक कम्युटर ओपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी छ । जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताए । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताए ।

ताप्लेजुङ कारागार विसं १९९२ मा बनेको हो । कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भन्नुभयो “योगेश भट्टराई पर्यटनमन्त्री हुँदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु ।”रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top