तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

२३ जेठ ७५, बिहीबार

लहान, जेठ २४
विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् ।

तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् ।

संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।

तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडासमेत तिर्न नसकेको भन्दै स्वास्थ्यकर्मीले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको दुखेसो पोखेका छन् । यस्तै स्वास्थ्यकर्मीले गठन गरेको संघर्ष समितिले बुधबार मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

यता मिर्चैया नगरपालिकाका प्रमुख यादवले स्वास्थ्य मन्त्रालयबाट तलबका लागि रकम नपठाएकाले तलब वितरण गर्न नसकेको बताएका छन् ।

विकासको बजेटबाट रु ३० लाख रकम स्वास्थ्य क्षेत्रमा लगाएको भन्दै नगरप्रमुख यादवले तत्काल दुई महिनाको भए पनि अर्को क्षेत्रको रकमबाट स्वास्थ्यकर्मीलाई तलब वितरण गर्ने प्रयासमा रहेको जानकारी दिए।

मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top