NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय बुधबार असार २५ , २०८२
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ? बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल बुधबार असार २५ , २०८२
रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि बुधबार असार २५ , २०८२
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी बुधबार असार २५ , २०८२
Next
Prev

समाचार

कोभिडले अवरोध पुगेका मध्यपहाडी राजमार्ग निर्माण सुचारु

मङ्लबार माघ २७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोभिडले अवरोध पुगेका मध्यपहाडी राजमार्ग निर्माण सुचारु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ माघ, काठमाडौं ।
गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ ।

विसं २०७९–८० सम्ममा राजमार्ग सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । गत वर्षको क्षतिसमेत पूर्ति गर्ने गरी निर्माणको काम अघि बढाइएको निर्देशनालयका सूचना अधिकारी प्रकृति पाण्डेले बताए ।

उनका अनुसार गत आवमा लिइएको लक्ष्यभन्दा एकतिहाइ मात्रै सडक निर्माण गर्न सकिएको थियो । चालु आवमा अहिलेसम्म अवरोध नभएकाले निर्माणको काम अघि बढिरहेको छ । उनले भने, “सबै कुरा अनुकूल हुँदा काम भइरहेको छ ।”

Advertisement

गत आवमा ३०० किमी सडक कालोपत्रको लक्ष्य रहेकामा चालु आवमा पनि ३०० किमी नै लक्ष्य लिइएको छ । कोभिडका कारण गत वर्ष ११३ किमी सडक मात्रै कालोपत्र गर्न सकिएको निर्देशनालयले जनाएको छ ।

गत आवको बाँकी र चालु आवको गरी झण्डै ५०० किमी सडक कालोपत्र गर्नुपर्ने छ । त्यो पूरै नसकिए पनि त्यसको नजिक पुग्न सकिने पाण्डेले बताए ।

गत वर्षको अन्तिम चौमासिक अर्थात् काम गर्ने समयमा नै कोभिडको रोकथामका लागि सरकारले बन्दाबन्दी गरेकाले निर्माण ठप्प थियो । असारपछि अरु विभिन्न क्षेत्र जसरी निर्माण सञ्चालन गर्ने निर्णय गरिए पनि स्थानीय तह र स्थानीयवासीको अवरोध त कतै निर्माण सामग्री र जनशक्तिको अभावमा निर्माण सुस्त थियो ।

देशभरमा सक्रिय सङ्क्रमित कम भएसँगै अहिले निर्माणका लागि वातावरण बनिरहेको छ । राजमार्ग निर्माण गर्ने स्थान (एलानमेन्ट) रहेका क्षेत्रका विभिन्न स्थानमा सरकारले नै जलाशययुक्त आयोजनासमेत निर्माणको योजना बनाएको छ ।

सुनकोशी र बूढीगण्डकीमा निर्माण हुनलागेका जलाशययुक्त आयोजनाको अहिले अध्ययन भइरहेको छ । दुवै आयोजनाले राजमार्ग निर्माणलाई प्रभावित पार्नसक्ने देखिएको सूचना अधिकारी पाण्डेले बताए ।

ती आयोजनामा खोलाबाट निश्चित उचाइसम्म निर्माणका काम गर्न नमिल्ने भए पनि अहिले सडक त्योभन्दा कम उचाइमा रहेको छ । राष्ट्रिय गौरवको आयोजना त्यसमा पनि सडकको काम भइसकेकाले पछि निर्माण हुन लागेका आयोजनाले त्यसमा ध्यान दिनुपर्ने आयोजनाले बताउँदै आएको छ ।

सो स्थानमै सडक निर्माण गर्ने कि अन्यत्रबाट गर्ने भनी छलफल भइरहेको निर्देशनालयले जनाएको छ । अहिलेसम्म कसरी अघि बढ्ने भनी निर्णय भएर छलफलको क्रममा रहेको सूचना अधिकारी पाण्डेले बताए ।

त्यो आयोजना बन्दासम्म यही सडकले प्रतिफल दिने भए सोही स्थानमा अहिले सडक निर्माण गर्ने कि भन्ने छलफल भइरहेको उनले जानकारी दिए । देशभरका अरु विभिन्न राष्ट्रिय राजमार्गमा जस्तै यस राजमार्गमा पनि सडकको अधिकार क्षेत्र विवाद छ ।

राजमार्गको अधिकार क्षेत्र २५–२५ मिटर हुने भए पनि पहाडी क्षेत्रमा त्यो कायम हुन सकिरहेको छैन । दुईतर्फी गाडी गुड्न सक्ने गरी सडक निर्माण अघि बढाइएको सूचना अधिकारी पाण्डेले बताए । उनले भने, “१० देखि १२ मिटरसम्म चौडाइमा काम भइरहेको छ ।”

राजमार्ग विभिन्न खण्डमा वन क्षेत्रबाट समेत अघि बढ्छ । वन क्षेत्रमा निर्माणका लागि प्रक्रियागत झन्झट हुँदा निर्माणमा ढिलाइ हुने गरेको उनले बताए। सो राजमार्गमा १३९ पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ८३ पुल सम्पन्न भइसकेको छ ।

एक हजार ८७९ किलोमिटर लम्बाइको यस राजमार्ग निर्माणमा पहिले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई कार्यालयबाट निर्माण भइरहेको थियो । आयोजना चाँडो सक्न मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँचवटा कार्यालय बनाएर कार्यान्वनमा ल्याइएको हो ।

सबै कार्यालयले मातहत हेर्ने सडक, पुल छुट्याएर काम गरिरहेका छन् । योजना कार्यालयहरु पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन् । राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा नेपालको मध्यपहाडी हुँदै पूर्वबाट पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो ।

सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी २०६४–६५ बाट आयोजना शुरु गरेको हो । गत वर्ष मन्त्रिपरिषद् बैठकको निर्णयबाट राजमार्गको रेखाङ्कन स्वीकृत भएसँगै निर्माण अघि बढेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९–७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । आव २०६४–६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस राजमार्गको कूल लम्बाइमध्ये करिब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ ।

झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्नेसँगै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।(रासस)

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

बुधबार असार २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.