भारतीय चर्चित अभिनेता राजीव कपूरको निधन

२७ माघ, काठमाडौँ । भारतीय चर्चित अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ ।

Advertisement

राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख गरिएको छ ।

राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।

Advertisement

उनले राज कपूरको फिल्म ’राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेका थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।

ऋषि कपूरको निकै चर्चित फिल्म ’प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top