रौतहटको गुजरामा वन गस्ती टोली र तस्करबिच दोहोरो झडप

२७ माघ ७७, बुधबार

२७ माघ, रौतहट ।

रौतहटस्थित डिभिजन वन कार्यालय चोचाबाट खटिएको सशस्त्र वन गस्ती टोलीले अवैध रुपमा राष्ट्रिय बन क्षेत्रबाट सालको रुख ढालेर काठ तस्करी गरिरहेको अवस्थामा तस्कर समूहलाई फेला पारेपछि दोहोरो झडप भएको छ ।

झडपको क्रममा वन गस्ती टोलीले रौतहटको गुजरा नगरपालिकाका वडा नम्बर २ मैढाबाट ६ थान साइकलमा लोड गरिएको झन्डै ३७ क्युफिट ६ थान सालको गोलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहका अनुसार गस्तीका खटिएको टोली र ठुलो सङ्ख्यामा रहेका तस्करबिच एक्कासि जम्का भेट हुँदा मुठभेड भएको र हवाई फायरपछि तस्करहरू काठ र साइकल छाडेर भागेका थिए ।

बरामद भएको काठ र साइकल डिभिजन वन कार्यालय चोचामा राखिएको र वन गस्ती माथि आक्रमण गर्ने तस्कर समूहको खोजी भइरहेको प्रमुख साहले जानकारी दिए ।

Advertisement

यसैगरी, रौतहटमा अवैध चिरान काठसहित दुई जना तस्कर पक्राउ परेका छन् । डिभिजन वन कार्यालय पौराईबाट खटिएको गस्ती टोलीले १५ क्युफिट चिरान काठ सहित चन्द्रपुर नगरपालिका वडा ५ बस्ने ५० वर्षीय राम एकवाल राउत र सोही स्थान बस्ने राम विनय साहलाई पक्राउ गरेको छ ।

सव डिभिजन वन कार्यालय पौराई अन्तर्गत जुडिवेलामा राम विनयको घरमा काठ चिरान गरिरहेको अवस्थामा वन गस्ती टोलीले राउत र साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका व्यक्ति तथा काठलाई डिभिजन वन कार्यालय रौतहटमा राखी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top