‘कोटेश्वरको केटो’ लाई एक लाख राशिको पुरस्कार

२७ माघ ७७, बुधबार

२८ माघ, काठमाडौँ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिएको छ ।

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा साढे चार दशकअघिको काठमाडौँको दृश्य र परिवेश समेटिएका यस कृतिमा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ ।

Advertisement

काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ । कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।

तीन दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरुसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ ।

Advertisement

कथा लेखनमा विशेष दक्खल राख्नुहुने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासङ्ग्रह प्रकाशित छन् । अनायिका उपन्यास पनि उनकै कृति हो ।(रासस)

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top