एक गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

२७ माघ ७७, बुधबार

२८ माघ, रुकुम ।
रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ ।

पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते छलफल भएको थियो ।

भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा बनाउन प्रस्ताव गरिएको छ । हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगङ्गा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा, हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो । तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए ।

पैँतालीस दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए । गाउँपालिका विभाजनबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ ।

Advertisement

वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो । पुथाउत्तरगङ्गा–१२ का वडाध्यक्ष गङ्गबहादुर पुन मगरले गाउँपालिका भूगोलमा ठूलो भएपछि सबैले सेवा प्रवाहमा असहज महसुस गरेको बताए ।

माघ १५ गते शुरु भएको गाउँसभा १७ गते स्थगन भएको हो । रुकुम पूर्वका तीन स्थानीय तहमध्ये पुथाउत्तरगङ्गा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर यो गाउँपालिका बनाइएको छ ।

यसमा १४ वडा छन् । जिल्लाबाट पुथा र उत्तरगङ्गा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एउटै भएर आएको थियो ।(रासस)

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top