मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२७ माघ ७७, बुधबार

२८ माघ, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

बेलुकी साँढे ७ बजेको समयमा प्रदेश १-०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिँदा घाइते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top