प्रचण्ड–नेपाल समूहको प्रदर्शनः चक्रपथभित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

२८ माघ, काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको आजको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।

पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि सार्बजनिक र निजी चार पाङ्ग्रे गाडीलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइएको छ ।

यस्तै, घण्टाघरबाट पनि गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजे हुने विरोध सभा अघि ठाउँ ठाउँबाट जुलुस र ¥याली निस्कन थालेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भइरहेको प्रचण्ड– नेपाल समूहले जनाएको छ ।

प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । यस्तै गएको २३ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले शक्ति प्रदर्शन गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै वैशाख १७ र २७ गते चुनावको घोषणा गरे पछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन । दुई समूहको विवाद र यस पछि भईरहेको प्रदर्शनले नागरिक भने मर्कामा परेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top