Nepal Times
Nepal Times
3
Shares

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश, यानले मौसमको विवरणहरू संकलन गर्ने

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश, यानले मौसमको विवरणहरू संकलन गर्ने

२८ माघ, एजेन्सी । मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ ।

पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।

होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो अभियानको उपग्रह जापानबाट छोडिएको थियो । उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको थियो ।

यो अभियान सफल भएसँगै यूएई मंगल ग्रहमा यान पठाउने विश्वकै पाँचौं देश र पहिलो अरबीयन देश बन्न पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.