बलात्कारविरुद्ध माघ ३० गते ‘सिंहदरबार महिला मार्च पास’ हुने

२८ माघ, काठमाडौँ । एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा आगामी शुक्रबार वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ ।

माघ ३० गते शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्सपास हुन लागेको वृहत नागरिक आन्दोलनले जनाएको छ। उक्त मार्चपासमा सहभागी हुनसमेत अपिल पनि गरिएको छ।

वृहत नागरिक आन्दोलनका तर्फबाट मंगलबार जारी भएको अपिलमा एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख छ।

Advertisement

‘हामी सडकबाट चुनौती दिन्छौं- एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं?’ भन्ने प्रश्न अपिलमा उल्लेख छ ।

गत बुधबार बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भए पनि अहिलेसम्म अपराधी पक्राउ परेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top