इटहरीका अपाङ्गतावरण गरेका ब्यक्तिहरुको घर–घरमै स्वास्थ्य परीक्षण

२७ माघ ७७, बुधबार

२८ माघ, सुनसरी । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

प्रत्येक वडाका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

Advertisement

इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।

माघ १८ गते वडा नम्वर २को पूराणचौकमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उदघाटन गरेकी थिइन् ।

Advertisement

त्यसपछि नौ दिनसम्म वडा वडाका पायक पर्ने स्वास्थ्य केन्द्र तथा स्थानहरुमास्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइएको छ ।

हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ ।

सेतो छडि ,ह्वील चेयर, कृतिम अंग प्रदान गर्नुपर्नेहरुको सूचि तयार गरिएको र उनीहरुलाई ती सामग्री प्रदान गरिनेछ । आफनै गाँउठाँउमै स्वास्थ परीक्षण गर्न पाउँदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top