×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

२९ माघ २०७७

२९ माघ, चितवन ।
कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साह जनकरूपमा बढेको छ ।

सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ ।

Advertisement
Advertisement

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए ।

यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका छन् । जनवरीमा हवाई यात्रुको सङ्ख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरूपमा हवाई यात्रुको सङ्ख्या बढिरहेको बताए । उनले भने, ‘चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रु थप सुरक्षित महसुस गरेका छन् ।’

उनले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताए। भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकै दिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए ।

यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले जनाए। उनले कतिपय मानिसले मन्त्रालयमा एकैदिन काम सकेर फर्किन हतार भएकाले पनि हवाई यात्रा रोज्ने गरेको बताए।

भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो सङ्ख्या बढेर ११ हजार ७८४ पुगेको छ ।

मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्याङ्कले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ ।

बुद्धएयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले चितवनमा हवाई यात्रुको सङ्ख्या बढेर पुरानै अवस्थामा फर्कन लागेको बताए। उनले भने, ‘कोरोना महामारी अगाडि कै अवस्थामा भने पुगेको छैन तर यात्रुको सङ्ख्या उल्लेख्यरूपमा बढिरहेको छ ।’

उनले अहिले भरतपुरमा छ वटा बुद्धएयरको उडान भइरहेको बताए। केही दिनअघि मात्र बुद्धले थप एक उडान भर्न शुरु गरेको हो । विभिन्न ठाउँमा भएका राजनीतिक दलका ठूला कार्यक्रमले पनि हवाई यात्रु बढेको उनले बताए।

माघ महिनामा मौसमका कारणले केही उडान रद्द भएकाले र बढी चिसोको कारणले केही यात्रु कम भए पनि फागुन लागेपछि झनै बढ्ने बस्नेतको भनाइ छ ।

Advertisement
Advertisement

दुईवटा उडान गर्दै आएको यती एयरलाइन्सले अहिले भरतपुरमा उडान सङ्ख्या तीनवटा बनाएको छ ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top