सरकारको पहिलो प्राथमिकता निर्वाचन होः प्रभु साह

२९ माघ, काठमाडाैँ ।
शहरी विकास मन्त्री प्रभु साहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडी बढाएको बताएका छन् । बिहीबार शहरी विकास मन्त्रालयले गरेको कामहरु बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर आफ्नो काम कारबाही अगाडी बढाएको बताएका हुन् ।

Advertisement

सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी सरकार अघि बढेको उनको भनाई छ । त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधिन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिईसकेको उनको भनाई छ ।

Advertisement

मन्त्री साहले नयाँ शहरको डिपिआर पूरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पु¥याउने गरी अघि बढेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top