विराटनगर,जेठ २५
मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
साथीको घरबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा सप्तरी ढाक्नेश्वरी नगरपालिका ४ बस्ने १७ वर्षीय मिथिलेसकुमार साह लाई चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन्।
साहले विराटनगर १२ स्थित अजय बर्माको घरमा डेरा गरी बस्ने साथीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको स ८ प ५०७६ नम्बरको मोटरसाइकल चोरेर लैजादै थिए।
घटनाको जानकारी पाउनासाथ साहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर–१२ स्थित हनुमान मन्दिर नजिकैबाट मोटरसाइकल घिसार्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
साहलाई चोरी मुद्दा अन्तरगत म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।