जंगली च्याउ खाँदा विरामी

२४ जेठ ७५, शुक्रबार

विराटनगर,जेठ २५
मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी परेका छन।

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मिक्लाजुङ गाउँपालिका ५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा र उनकी पत्नी वर्ष ६० की देवीमाया विश्वकर्मा सिकिस्त बिरामी परेका हुन्।

उनीहरुले घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ बिहिबार बिहान पकाएर खाएका थिए । दुबैलाई उपचारका लागी मंगलबारे अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी विराटनगरस्थित नोबेल अस्पतालमा ल्याइएको छ।

Advertisement

 

यता झापाको विर्तमोड नगरपालिका ५ स्थित देवी माध्यमिक विधालयको क्यान्टिनमा खाजा खाएका पाँच बालिका विरामी परेका छन।

Advertisement

विद्यालय अगाडी रहेको मन्जु खाजा घरमा टिफिन खाएपछि सात मध्ये पाँच जना विधार्थीहरुमा पेट पोल्ने र वान्ता आउन खोज्ने जस्तो विरामी देखिएपछि तत्काल उपचारका लागी मनमोहन अस्पताल विर्तामोड लगिएको छ ।

दिउँसो १ बजे बिधार्थीहरुले सो होटलमा चाउमिन र चटपटे बनाउन लगाई खाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top