गङ्गामायाको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन मानव अधिकार आयोगकाे आग्रह

३० माघ, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसगँ आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आज गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गङ्गामायाको अवस्थाको अवलोकन गर्नुका साथै भइरहेको उपचारको सम्बन्धमा वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरी लगायतका चिकित्सकसँग जानकारी लिएको छ ।

अनुगमनका क्रममा निजको शरीरमा आवश्यक पोषक तत्वको कमी तथा नशाहरू साँगुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आई जीवन नै जोखिममा पर्न सक्ने बुझिएकाले निजलाई तत्कालै सुविधा सम्पन्न सघन कक्षमा राखी उपचारको व्यवस्था मिलाउन आग्रह गरिएकोको आयोगका प्रवक्ता डा टीकाराम पोखरेल जानकारी दिए ।

Advertisement

आयोगले आमरण अनशनमा बस्दा जीवन जोखिममा पर्न सक्ने भएकाले स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत गङ्गा मायाकोे स्वास्थ्य अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top