प्रधानमन्त्री ओलीसँग थाई राजदूतकाे शिष्टाचार भेट

३० माघ ७७, शनिबार

३० माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटमा उनीहरूबिच दुई मुलुकबिच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।

Advertisement

प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबिच सम्बन्धका नयाँ आयामहरू पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबिच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राखेका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीले दुई देशबिच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि दुई देशको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको र सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्ने धारणासमेत राखे।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबिच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गए।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top