भागरथी हत्या प्रकरण : प्रहरी अनुसन्धान कहाँ पुग्यो ?

१ फागुन, बैतडी ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् ।

“शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरु घटनाको एकदमै नजिक पुगेका हौं”, बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, “विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ ।”

Advertisement

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्रै सामूहिक हो वा एक जनाले बलात्कार गरेको खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

उनले भने, “घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौँ, त्यसबाट थप कुरा थाहा हुन्छ ।” घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

Advertisement

घटनाको नौ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो ।

जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी छन् । हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताए ।

घटनाको नौ दिन भएपनि भागरथीको दाहसंस्कार हुन सकेको छैन । शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझ्न नमानेका हुन् । घटनाको सत्य तथ्य छानविन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । अस्पतालमा शव सुरक्षित राख्ने‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए । “मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौँ”, उनले भने, “मर्चरी मगाउने पहल गरेका छौँ तर प्रदेशमै मर्चरी छैन ।”

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top