‘जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही…

वीरेन्द्रनगर : राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीले तयारी गर्‍यो। रुकुम आक्रमणको नेतृत्व गर्ने मौका माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए।

त्यतिबेला क्षेत्रीय ब्युरो (हालका गृहमन्त्री रामबहादुर थापा उक्त ब्युरो इन्चार्ज थिए) ले गणेशमान पुनलाई रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा फौजी कारबाही गर्ने टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको थियो। क्रान्ति र संघर्षको मैदानमा होमिएका पुनका लागि यो जिम्मेवारी चुनौती मात्रै थिएन, सिंगो पार्टीको अभियानसँग पनि त्यो जोडिएको थियो। ‘उक्त जिम्मेवारी पाउँदा मैले गर्वको महसुस गरें,’ उनले भने।

उनका अनुसार पार्टीले फागुन १ गते राति दुलीको खोलाखेतमा जम्मा हुन निर्देशन गरेको थियो। अस्ताउँदो सूर्यसँगै योद्धा (लडाकु) खोलाखेतसम्मको यात्रामा हिँडे। गणेशमान पनि पीपल, छिन्खेत हुँदै खोलाखेत पुगे। ‘त्यहाँ पुग्दा केही साथीको जमघट भइसकेको थियो। अरू साथीहरू पनि आउनुभयो,’ पुनले भने, ‘करिब ३०/३५ जनाको संख्यामा थियौं। हामीसँग हतियारका नाममा भरुवा बन्दुक मात्र थियो। अरू घरेलु हतियार मात्रै थिए। पार्टी इन्चार्ज सुदर्शन (हेमन्तप्रकाश ओली) ले राजनीतिक प्रशिक्षण दिनुभयो। त्यतिबेला सबैलाई जिम्मेवारीपूर्वक लडाइँ लड्ने भन्ने निर्देशन भयो।’

Advertisement

उच्च मनोबल र विद्रोही भावना लिएर जनयुद्धको प्रथम लडाइँमा पाइला चालेको उनले बताए। ‘ठूलो चुनौती थियो। दुस्मन (प्रहरी) सँग हतियार थियो। तर राजनीतिक प्रशिक्षणबाट ती हतियारभन्दा घरेलु हतियार नै शक्तिशाली र प्रभावकारी भन्ने कुरा हाम्रो मस्तिष्कमा घुसेको थियो,’ उनले भने।, यो न्यूज-स्टाेरी आजको नागरिक दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top