भागरथी हत्याका दाषीलाई पानीमुनि गएपनि छोडिनेछैन : प्रधानमन्त्री ओली

३० माघ, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछोडिने बताएका छन्।

शनिबार ओलीपक्षीय नेकपाले बुटवलमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोडिने र कारबाहीको दायरामा ल्याएरै छाड्ने बताएका हुन्। कार्यक्रममा सम्बाेधन गर्दै उनले भने ‘भागरथीका हत्यारालाई कारबाहीको दायरमा ल्याइन्छ। पानीमुनि गएपनि छोडिने छैन,’ ।

बैतडीको दोगढकेदार गाउँपालिका-७ की भागरथी अघिल्लो बिहीबार मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अुनसन्धानले देखाएपनि दोषी पत्ता लाग्न सकेको छैन।

Scroll to Top