ट्रम्प दोस्रोपटक पनि महाअभियोगमुक्त, पक्षमा ५७ मत र विपक्षमा ४३ मत खस्याे

१ फागुन ७७, आइतबार

२ फागुन,एजेन्सी।

Advertisement

अमेरिकी सिनेटले यसपटक पनि दुई तिहाई बहुमत पुर्‍याउन नसकेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन सकेन ।

सिनेटमा भएको मतदानमा महाअभियोगको पक्षमा ५७ मत र विपक्षमा ४३ मत परेको छ । ट्रम्पलाई महाअभियोग लगाउनका लागि दुई तिहाई बहुमत पुर्‍याउन सिनेटमा ६७ मत आवश्यक पर्थ्यो ।

Advertisement

त्यसका लागि १७ जना रिपब्लिकनहरुको मत आवश्यक पर्थ्यो । तर ७ जना रिपब्लिकन सांसदले मात्रै महाअभियोगको पक्षमा मतदान गरेकाले ट्रम्प आरोपकमुक्त भएका हुन् ।

गत जनवरी ६ मा ५ जनाको मृत्यु हुने गरी अमेरिकी संसद क्याटलमा भएको हिंसात्मक दंगा भड्काएको आरोपमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध दोस्रोपटक महाअभियोग लगाउने प्रयास गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top