डब्लुएचओको टोलीलाई कोरोनासम्बन्धी महत्वपूर्ण तथ्यांक दिन चीनद्वारा अस्वीकार

१ फागुन ७७, आइतबार

२ फागुन, एजेन्सी ।
कोरोना भाइरसको महामारी सम्बन्धी महत्वपूर्ण तथ्यांक विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोलीलाई हस्तान्तरण गर्न चीनले अस्वीकार गरेको छ।

कोरोना भाइरसको उद्धगम थलोबारे डब्लुएचओको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले चीनमा अध्ययन गरिरहेको छ। सो अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार चीनले कोभिड–१९ सम्बन्धी महत्वपूर्ण तथ्यांक दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

माइक्रोबायोलोजिस्ट डोमिनिक डयरले समाचार संस्था रोयटर्स, द वाल स्ट्रिट जर्नल र द न्यूयोर्क टाइम्सलाई बताए अनुसार उनको टिमले चीनसँग कोरोना भाइरसबाट संक्रमित भएका सुरुका बिरामीहरुको प्रारम्भीक तथ्यांक माग गरेको थियो। तर चीनले पूर्ण प्रारम्भिक तथ्यांकको सट्टा संक्षिप्त विवरण मात्रै दिएको उनले बताएका छन्।

Advertisement

चीनले यो आरोपबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन, तर उसले यसअघि आफू डब्लुएचओसँग पारदर्शी रहेको दाबी गरेको थियो।अमेरिकाले महामारीको प्रारम्भिक चरणको सम्पूर्ण तथ्यांक उपलब्ध गराउन चीनलाई सुझाएको छ।

डब्लुएचओलाई सम्पूर्ण प्रारम्भिक तथ्यांक उपलब्ध नगराएको भन्ने रिपोर्टप्रति आफ्नो गम्भीर चासो रहेको अमेरिकाले जनाएको छ। गएको हप्ता डब्लुएचओको टोलीले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा फैलिएको सम्भावना नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो।

Advertisement

कतिपयले चीनको वुहानमा रहेको प्रयोगशालाबाट भाइरस चुहावट भएको दाबी गर्दै आएका थिए। सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण पछिल्लो एक वर्षदेखि विश्वभर महामारीका रुपमा फैलिएको छ।

विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म २३ लाख ९३ हजार तीन सय भन्दा बढि व्यक्तिको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रको तथ्यांकमा उल्लेख छ।

विश्वभर १० करोड ८५ लाख १७ हजार तीन सय भन्दा बढि मानिस संक्रमित भएका छन्। डब्लुएचओको अनुसन्धान टोलीले सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका १७४ जना संक्रमितको प्रारम्भीक पूर्ण तथ्यांक माग गरेको प्राध्यापक डयरले समाचार संस्था रोयटर्सलाई भनेका छन्।

तर चीनले उनीहरुको संक्षिप्त रिपोर्ट मात्रै दिएको उनले बताएका छन्। चीनमाथि कोरोना भाइरसको संक्रमणलाई लिएर पारदर्शी नभएको आरोप लाग्दै आएको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top