जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग

२५ जेठ ७५, शुक्रबार
Share this
776shares

काठमाडौँ, जेठ २५
प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

Advertisement

बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भने ।

उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।

Advertisement

सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top