नेपालमा भाजपाको सरकार बनाउने अमित साहको योजना

३ फागुन, एजेन्सी ।
भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापना गर्ने खुलासा गरेका छन् ।

त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नो कुरा भए अनुसार नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार बनाउने योजना रहेको सञ्चारमाध्यमलाई बताएका छन् ।

इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएको भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ ।

Advertisement

शनिबार त्रिपूरा भ्रमणमा गएका गृह मन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएको खबरमा उल्लेख छ ।

देवले इस्ट मोजोसँग भनेका छन्, ‘हामीले स्टेट गेस्ट हाउसमा कुराकानी गरिरहेका थियौँ । भाजपाका उत्तरपूर्वी क्षेत्रका सचिव अजय जामवालले भाजपाले देशका धेरै राज्यमा सरकार बनाएको बताउनु भयो।

Advertisement

त्यसको जवाफमा शाह ९अमित० ले श्रीलंका र नेपाल बाँकी रहेको बताउनु भयो । उहाँले भन्नुभयो–हामीले श्रीलंका र नेपालमा पनि पार्टी बिस्तार गर्नु पर्छ र जित निकालेर सरकार बनाउनु पर्छ ।’

केरला तथा पश्चिम बंगालमा पनि भाजपा सरकार बनाउनेमा शाह विश्वस्त रहेको त्रिपूराका मुख्यमन्त्री देवले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top