Nepal Times
Nepal Times
3
Shares

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

त्रिपोली, जेठ २५

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ ।

अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग कुनै सम्बन्ध नरहेका तीन सर्वसधारणको ज्यान गएको ह्युम्यान राइट्स सङ्गठनद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

बानी वालिद शहरमा विना हतियार एक कारमा सवार यात्रुहरु सो कारबाहीमा परेका थिए । यी सर्वसाधारणको कुनै आतङ्ककारी समूहसँग सम्बन्ध नरहेको र उनीहरु माथि कुनै पक्राउ वारेन्ट पनि जारी नभएको आफन्तजनले बताएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.