उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

२५ जेठ ७५, शुक्रबार
Share this
694shares

बेरुत, जेठ २५

Advertisement

उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् ।

बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार अवेर राति भएको उक्त कारबाहीमा परी पाँच बालबालिकासहित ३८ व्यक्तिले ज्यान गुमाएका छन् ।

Advertisement

आक्रमणबाट क्षतविक्षत भएको संरचनाको थुप्रोबाट थप शवहरु निकालिएको र घाइतेमध्ये केही थप व्यक्तिको मृत्यु भएपछि मृतकको सङ्ख्या ३८ पुगेको बताइएको छ ।

सिरियाको उत्तरपश्चिम प्रान्त इद्लिबको जर्दाना क्षेत्रमा रुसआवद्ध सो कारबाही जारी रहेको बेलायतआवद्ध ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।

Advertisement

सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो ।

यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जारी आन्दोलनमा परी लाखाँै घाइते भएका छन् भने लाखाैँले आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top