पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मतदान गर्न पाउने

३ फागुन, काठमाडौं ।

आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने भएका छन्।

आज राजपत्रमा प्रकाशित भएको निर्वाचन आयोगको सूचनामा उक्त कुरा उल्लेख छ। आयोगले दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी सूचना प्रकाशन गरेकाे हाे।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ सर्वोच्चमा जारी छ। यस्तै, सत्तारुढ दल नेकपाभित्रको विवाद पनि कायमै छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top