×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सचिव सरुवामा मनोमानी

४ फाल्गुन २०७७

४ फागुन, काठमाडौँ । सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीबार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको छ । केहिले भने पत्र बुझ्न मानेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top