समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकारः मुख्यमन्त्री गुरुङ

३ फागुन ७७, मंगलबार

४ फागुन, काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।

गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यस ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गरेका छन्।

नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउन सक्दा मात्र आर्थिक समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा उनले समावेशी, सन्तुलित र सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थिक र भौतिक विकासमा प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरेका छन् ।

समृद्धिको लक्ष्य हासिल गर्न तय गरिएका दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रदेशका नागरिकको चाहना, जननिर्वाचित प्रतिनिधिमार्पmत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात गरी उपलब्ध स्रोत र साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेश सरकार समृद्धिको पक्षमा निरन्तर लागिपरेको स्पष्ट पारेका छन् ।

“भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त समाजमा सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व कायम गर्ने दिशामा प्रदेश सरकारका नीति तथा कार्यक्रम परिलक्षित छन्”, मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, “सबै प्रकारका विभेद, उत्पीडन र वञ्चितीकरणले पारेका प्रभावहरुको समूल अन्त्य गर्ने अभियानमा सरकार सदैव प्रतिबद्ध छ ।”

प्रदेश सरकारको तीनवर्षे यात्राका क्रममा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं आम नागरिकबाट प्राप्त साथ, समर्थन, सहयोग र रचनात्मक सुझावप्रति हार्दिक आभार प्रकट गर्दै सन्देशमा उनले भनेका छन्, “रचनात्मक सुझावको निरन्तरताले मात्र प्रदेश सरकारलाई पूर्णरूपमा सफल बनाएरै छाड्ने हाम्रो निष्ठापूर्ण प्रतिबद्धताले सार्थकता प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु ।”

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेश राजधानी पोखरामा आजै स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा शुभकामना आदान–प्रदानसहित सरकारका विगतका समीक्षा एवं भावी कार्यक्रमका बारेमा जानकारी गराउने बताइएको छ । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top