अमेरिकाको टेक्साससहितका दक्षिणी तथा मध्य क्षेत्रमा हिमआँधीः कम्तीमा २३ जनाको मृत्यु

४ फागुन ७७, बुधबार

५ फागुन, एजेन्सी ।
अमेरिकाको टेक्साससहितका दक्षिणी तथा मध्य क्षेत्रमा लगातारको हिमपात तथा हिमआँधीका कारण जनजीवन निकै प्रभावित भएको छ ।

द न्यूर्योक टाइम्सका अनुसार अत्याधिक चिसोका कारण अहिलेसम्म कम्तीमा २३ जनाको ज्यान गएको छ । हिमपात तथा हिम आँधीका कारण सबैभन्दा बढि टेक्सासको जनजीवन प्रभावित भएको छ ।

Advertisement

टेक्सासका ४० लाख भन्दा बढि मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् । त्यहाँका कतिपय स्थानको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म झरेको छ । पानीको आपूर्तिमा समेत प्रभावित भएको छ ।

टेक्साससहितका क्षेत्रमा चिसो हावा चलेको छ भने बाक्लो हिउँ जमेको छ । यस्ते हिउँ पर्ने क्रम पनि जारी छ । अमेरिकको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) का अनुसार १५ करोड अमेरिकी हिम आँधीको जोखिममा रहेको बताएको छ ।

Advertisement

स्थानीय समय अनुसार मंगलबार अपराहन्नसम्म निधन भएको पुष्टि भएका कम्तीमा २३ जना टेक्सास, टेनिसी, केन्टकी, लुइजियानासहितका राज्यका हुन् । हिम आँधीको प्रभाव मेक्सिकोको मध्य क्षेत्रसम्म पनि पुगेको छ ।

सबैभन्दा बढि प्रभावित भएको टेक्सासमा आपतकालीन अवस्था लागु भएको छ । राष्ट्रपति जो बाइडेनले टेक्सासमा आपतकालीन अवस्था लागु गर्ने सम्बन्धी प्रस्ताव पास गरेका छन् ।

टेक्सासका बासिन्दाले पछिल्लो ३० वर्ष यताकै चिसो मौसमको सामना गरेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top