घाटा थेग्नै नसक्ने अवस्थामा नेपाल आयल निगम

५ फागुन, काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो ।

मङ्गलबार आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक रु एक अर्ब सात करोड घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।

Advertisement

निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ प्रतिलिटर तोकेको छ ।

बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४०० तोकिएको छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा नोक्सान छ ।

Advertisement

मट्टितेलको नाफा घटेर प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

खरिद मूल्य आठ महिनामा दोब्बर

कोभिड–१९ महामारीसँगै विश्वमा तेलको खपत घट्दै जाँदा मूल्य न्यूनतम अवस्थामा पुगेको थियो । सन् २०२० अप्रिल २१ मा अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड’ आयलको मूल्य सबैभन्दा कम १९.३३ डलर प्रतिब्यारेलसम्म झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सो मूल्य रहँदाको समयमा आइओसीले नेपाललाई पठाएको मूल्यभन्दा अहिलेको मूल्य दोब्बरभन्दा बढी पुगिसकेको छ ।

लकडाउन शुरु हुँदाको समय सन् २०२० अप्रिल १ मा पठाएको मूल्यसूचीअनुसार निगमले आईओसीलाई पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ५७ पैसा, डिजेलमा प्रतिलिटर ३८ रुपैयाँ ६३ पैसा, मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ ६८ पैसा, हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ ९५ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार १४ रुपैयाँ ०९ पैसा मूल्य तिर्नुपथ्र्यो ।

सो मूल्यमा विभिन्न शीर्षकमा लाग्ने कर, निगमको ढुवानी भाडा, प्रशासनिक एवं बिक्री खर्च, प्राविधिक नोक्सानी, डिपो बिक्री मूल्य, पेट्रोलियम डिलर वा बिक्रेताको खर्चसहितको मूल्यसहित जोड्दा निगम पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ १७ पैसा, डिजेलमा १२ रुपैयाँ ९० पैसा, मट्टितेलमा प्रतिलिटर ३६ रुपैयाँ ७७ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ७० पैसा तथा अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर ६९ रुपैयाँ ६२ पैसा नाफा थियो ।

खाना पकाउने एलपी ग्यासमा भने त्यतिबेला पनि निगमलाई प्रतिसिलिन्डर १९५ रुपैयाँ ०७ नोक्सानको अवस्था थियो । निगमले काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७५ रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ९५० अमेरिकी डलर तथा एलपी ग्यास रु एक हजार ३७५ मूल्य तोकेको थियो ।

स्वचालित मूल्य प्रणालीलाई थाँती राखेर त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १०–१० रुपैयाँ घटाएर उक्त मूल्य कायम गरिएको थियो ।

लकडाउनका समयमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको आन्तरिक खपत न्यून थियो तर एलपी ग्यासको खपत भने त्यतिबेला सामान्य अवस्थाभन्दा पनि बढी थियो । अन्य पदार्थमा धेरै नाफा देखिए पनि एलपी ग्यासको नोक्सान परिपूर्तिसमेत हुने अवस्था नरहेको निगमको भनाइ छ ।

पछिल्लो मूल्यसूचीअनुसार निगमले आईओसीलाई तिर्नुपर्ने मूल्य बढेर पेट्रोलमा प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ५५ रुपैयाँ १५ पैसा, मट्टितेलमा प्रतिलिटर ४८ रुपैयाँ ७६ पैसा, हवाई इन्धनमा प्रतिलिटर ५० रुपैयाँ २६ पैसा तथा तथा एलपी ग्यास एक हजार १२९ रुपैयाँ ८१ पैसा पुगेको छ ।

यो लागत, कर तथा निगमको अन्य दायित्वसमेत गर्दा मूल्य समायोजनपश्चात पनि कूल घाटा पाक्षिक रु ८६ करोड ७८ लाख हुने निगमको प्रक्षेपण छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको सामान्य उतारचढावको कारणले मूल्यमा पार्नसक्ने प्रभाव हटाउन निगमले मूल्य स्थिरीकरण कोषको व्यवस्था गरेको थियो ।

अहिले सो कोषमा करिब रु नौ अर्ब बचत रहेको छ तर तत्काल यो कोषको प्रयोग निष्प्रभावी हुने निष्कर्षमा निगम नेतृत्व पुगेको छ । “अहिले कोषमा रु नौ अर्ब जति छ । अहिले मासिक नोक्सान नै रु दुई अर्ब पुग्ने अवस्था आइसक्यो ।

अझै मूल्य बढ्यो भने नोक्सान योभन्दा माथि पुग्न सक्छ”, निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, “यो हिसाबले त यो कोषले चार महिना पनि धान्न सक्दैन । मूल्य स्थिरीकरण कोषको प्रयोगले समस्या समाधान हुने देखिँदैन ।”

निगमले प्रशासनिक खर्चवापत पेट्रोलियम पदार्थमा प्रतिलिटर ०.६८ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ १८ पैसा मात्र लिँदै आएको छ । यो मूल्यले समग्र मूल्य प्रणालीमा ठूलो असर नगर्ने कार्यकारी निर्देशक पौडेलको दाबी छ ।

सात वर्षअघिको झझल्को

त्यसो त अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको यो नै पहिलो घटना भने होइन । करिब सात वर्षअघि यसरी नै मूल्य निरन्तररूपमा बढ्दै गएको थियो । नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको थियो ।

त्यो समयमा पेट्रोलको मूल्य रु १४०, डिजेल तथा मट्टितेलको मूल्य रु १०९ तथा हवाई इन्धन (आन्तरिक) को मूल्य रु १४३ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिकिलोलिटर एक हजार ४०० अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४७० प्रति सिलिन्डर थियो ।

यो मूल्य कायम हुँदा अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड आयल’को मूल्य १४८.९३ अमेरिकी डलर प्रतिब्यारेल थियो । अहिले सरकारले पेट्रोलियम पदार्थमा लागत मूल्यको शतप्रतिशतभन्दा बढी कर लगाउँदै आएको छ ।

सरकारलाई करको दर घटाउन लगाएर मूल्य स्थिर गर्नुपर्ने मागसमेत बेलाबेलामा उठ्ने गरेको छ । भारतमा भन्दा नेपालमा इन्धनको मूल्य कम हुनु तथा खुला सिमानाका कारण भारततर्फ चोरी निकासी हुने सम्भावना रहेकाले पनि निगम मूल्य समायोजन गर्नैपर्ने दबाबमा छ ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top