भारत पश्चिम बंगालका श्रममन्त्री हुसेनमाथि बम आक्रमण, मन्त्रीसहित तीन घाइते

६ फागुन, काठमाडौँ । भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ ।

Advertisement

पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका छन् । पेटमुनि चोट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो ।

Advertisement

पश्चिम बंगालमा आउँदो अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ । बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top