नेपाललाई प्रो-अमेरिकन हुन र कुनै एलाइन्समा सहभागी हुन भनेका छैनौंः र्‍यान्डी बेरी

६ फागुन, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आफूहरुले नेपाललाई कहिले पनि प्रो-अमेरिकन हुन र कुनै पनि अमेरिकी एलाइन्समा सहभागी हुन आग्रह नगरेको बताएका छन् ।

नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले बरु आफूहरुले नेपाललाई जहिले पनि प्रो-नेपाली हुन आग्रह गरेको बताए । उनले भने, ‘हामीले नेपाललाई जहिले पनि प्रो-नेपाली हुन र आफ्नो सार्वभौमसत्ता र स्वायत्तताको रक्षाको प्रत्याभूति गर्न भनिरहेका छौं ।’

अमेरिकी राजदूतले आफूहरुको सहयोगको उद्देश्य नेपाललाई अझ प्रो-नेपाल बनाउन सहयोग गर्नु, आफ्नो खुट्टामा वलियोसँग उभिन सक्ने बनाउनु र अन्य कुनै पनि मुलुक (अमेरिकासहित) प्रति निर्भर नहुने बनाउनु रहेको बताए ।

Advertisement

अमेरिकाले नेपाललाई इन्डोप्यासेफिक रणनीतिमा सहभागी हुन आग्रह गरिरहेको चर्चा चलिरहेको बेला अमेरिकी राजदूतको सो प्रतिक्रिया आएको हो । उनले आफूले त्यो भन्नुको कारण हल्लाहरु र एकदमै संकुचित सोचाइ खतरनाक हुने बताए ।

अमेरिकी राजदूतले पछिल्लो समयमा विभिन्न भ्रामक सूचनाहरु फैलिएको बताउँदै नेपालसँग आफूहरुले सैन्य एलायन्स नखोजेको र त्यो नचाहेको बताए । उनले भने, ‘जतिबेला शित युद्ध उत्कर्षमा थियो, त्यतिबेला पनि हामीले नेपालले हामीसँग सैन्य एलायन्समा जोडिन आग्रह गरेनौं ।’

Advertisement

त्यसैगरी उनले नेपालमा आफूहरुले सैन्य बेस राख्न नचाहेको र नखोजेको समेत बताए । उनले अगाडि भने, ‘नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि हामीले नरम भाषामा भन्ने छौं-हुँदैन, धन्यवाद ।’

उनले अगाडि भने, ‘बेला-बेलामा भन्ने गरिन्छ कि नेपाल दुई ढुंगा विचको तरुल हो, यदि त्यो सही हो भने नेपालले एकदमै होसियारीपूर्वक, राम्रो छलफल गरेर र कसरी राम्रोसँग आफ्नो सार्वभौमसत्ता बचाउने भन्नेमा केन्द्रित भएर रणनीतिक कोर्स तय गर्नुपर्छ, ।’

सो सम्बोधनमा राजदूत बेरीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बारेमा पनि प्रतिक्रिया दिएका छन् । राजदूत बेरीले एमसीसी जस्तो विकास परियोजनाको विषयमा पनि केही मानिसले सैन्य गठबन्धनसँग जोडेको भन्दै अमेरिकी कानुनले एमसीसी फन्डिङलाई सैन्य गतिविधिको लागि प्रयोग गर्न पूर्णरुपमा बर्जित गरेको बताए ।

उनले यस सम्बन्ध सत्यतथ्य र सूचनाहरु सार्वजनिक रुपमा नै उपलब्ध भएको समेत उल्लेख गरे । यस्ता भनाइ र अभिव्यक्ति कारण नेपालले पाउन लागेको आर्थिक अनुदान कार्यक्रम गुम्न सक्ने खतरा समेत औंल्याए ।

सो कार्यक्रमलाई सम्बोधन गदै राजदूत बेरीले नयाँ अमेरिकी प्रशासनका प्राथमिकताहरुबारे समेत जानकारी गराएका थिए । उनले अमेरिकाको विदेश नीति प्रजातन्त्र, मानव अधिकार र समानतामा केन्द्रित रहेको बताए । उनले अगाडि भने, ‘एक प्रजातान्त्रिक, सार्वभौम, समावेशी र कानुनी शासन अपनाउने नेपाल भएमा मात्र हाम्रो राष्ट्रिय सुरक्षा चासो सम्बोधन हुन्छ ।’

विश्व शान्ति स्थापना र अन्य मानवीय सहयोगमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत बेरीले नेशनल डिफेन्स विश्वविद्यालय स्थापनाको लागि अमेरिका सहयोग गर्न तयार रहेको बताए ।

अमेरिकी राजदूतले ७० वर्षदेखि नेपाललाई विकासको क्षेत्रमा सहयोग गरेको बताउँदै भने, ‘हामी नेपाल अमेरिकाप्रति र अन्य कुनै पनि मुलुकप्रति निर्भर होस् भन्ने चाहँदैनौं । त्यसैको लागि हामीले अमेरिकालाई ७३ वर्षदेखि विकासमा सहयोग गरिरहेका छौं ।’

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top