×

NEPAL TIMES UPDATES

Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026

जन्मकैदका १७९ सहित ५९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय, १५ जनालाई आममाफी दिन सिफारिस

६ फाल्गुन २०७७

६ फागुन, काठमाडौं ।
सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

बाँकी सजाय मिनाहा पाएकामध्येका १७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी छन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ । आममाफीको सिफारिस राष्ट्रपति समक्ष लगिएको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका र जेलरबाट प्रमुख जिल्ला अधिकारी हुँदै सिफारिस भई आएका ४०१ जना र २०७४ अघिको कानुनअनुसार १७९ जनालाई बाँकी सजाय कट्टा गरिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना र कुरूप र निर्मम र अपमानजनक व्यवहार, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध र पछिल्लोपटक अध्यादेशबाट जारी भएको तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी तथा मिनाहा गर्न मिल्दैन । यसबाहेकका कैदीले सजाय मिनाहाको सुविधा पाउने व्यवस्था छ ।

तर, २०७५ साउन अघिको प्रावधानअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति नकारात्मक सूचीमा थिएनन् । नकारात्मक सूचीमा नपरेका कैदीले ४० प्रतिशत सजाय भुक्तानी गरेमा तोकिएको मापदण्डभित्र रहेर बाँकी सजाय मिनाहा गर्न सकिने व्यवस्था थियो । संहिता जारी भएपछि यसलाई नकारात्मक सूचीमा राखियो ।

त्यस्तै ५० प्रतिशत सजाय भुक्तान गरेपछि मात्रै नकारात्मक सूचीमा नपरेकालाई माफी मिनाहा गर्न सकिने व्यवस्था राखियो । त्यसविरुद्ध कैदीका तर्फबाट अदालतमा रिट दायर भएको थियो ।

त्यसको सुनुवाइ गर्दै २०७७ साउन १९ गते सर्वोच्च अदालतले संहिता जारी हुनु अघिकै सुविधाअनुसार जन्मकैद सजाय पाएका र ४० प्रतिशत सजाय भुक्तान गरेकालाई बाँकी सजाय मिनाहामा पठाउन सकिने आदेश सर्वोच्चले दिएको थियो । त्यहीअनुसार जन्मकैद सजाय पाएका १ सय ७९ ले यो सुविधा पाउन लागेको स्रोतको भनाइ छ ।

Advertisement

गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरे कार्यान्वयन हुनेछ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top