४८ घण्टामा मूल्यवृद्धि फिर्ता लिन निगमलाई विद्यार्थीहरुको चेतावनी

६ फागुन, काठमाडौँ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ । यस्तै आयल निगम घाटामा गएको भन्दै करोडौं रकम बाड्ने गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ । दुई रंगको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमती भएको भएपनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमति कार्यान्वयन विद्यार्थीहरुले माग गरेका छन् ।

Advertisement

ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बिगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको भाउ वृद्धि भइरहेको बताए । आयल निगम नोक्सानमा गईरहेको अवस्था रहेकाले मूल्य वृद्धि भएको पौडेलले बताए ।

ज्ञापन पत्र बुझाइसकेपछि आयल निगम बाहिर भएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताए । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपनि ५÷७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताए । ४८ घण्टा भित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत तामाङले दिए ।

Advertisement

विद्यार्थीहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगम अगाडि नाराबाजि समेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top