बीना अनुमति निकुन्जभित्र कार्यक्रम छायांकन गरेका सुधिर चौधरीलाई कारबाही सिफारिस

६ फागुन, काठमाडौं ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकन गरेको भन्दै भारतीय सञ्चार माध्यम जी–न्युजका सम्पादक सुधीर चौधरीलाई कारबाही गर्न सिफारिस गरेको छ। हेलिकोप्टर होभरिङ तथा नियमनका सम्बन्धमा सबै हेलिकोप्टर सेवा प्रदायकहरूलाई पत्र काट्दै चौधरीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।

बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकनसमेत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको र कारबाहीका लागि सिफारिस भएको निकुञ्जको भनाइ छ। निकुञ्जले हेलिकोप्टर कम्पनीहरूलाई लेखेको पत्रमा लेखिएको छ–‘कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा यस कार्यालयको लिखित अनुमति विना छायांकन गरेकोमा आवश्यक कारबाहीका लागि लेखी पठाएको ।’

निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण नगराउनसमेत सबै सेवा प्रदायकहरूलाई आग्रह गरेको छ । पुस २६ गते चौधरीले सिम्रिक एयरको हेलिकोप्टर निकुञ्जमा अवतरण गराई छायाँकन गरी भारतीय सञ्चार माध्यम जी–न्युजमा प्रसारण गरेका थिए। उनले त्यसको एक दिन अघि मात्र काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएका थिए ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top