गल्वान झडपमा आफ्ना ५ सैनिकको मृत्यु भएको चीनद्वारा स्वीकार

७ फागुन, एजेन्सी । गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच गल्वानमा भएको झडपमा परी ५ जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ।

चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो ।

चिनियाँ सञ्चारमाध्यमहरूका ५ जनाले सहमतिलाई तोडेर सीमा अतिक्रमण गरेका विदेशी सेनासँगको झडपमा ज्यान गुमाएकाले मरणोपरान्त सम्मान गरिएको जनाएका छन्।

Advertisement

गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले औपचारिक जानकारी दिएको थिएन।

त्यसपछि दुबै देशले सीमामा तनाव मत्थर पार्न प्रयास गरेका थिए। त्यसका बाबजुद् पनि गत जनवरीमा दुई देशका सेनाबीच सामान्य झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका थिए।

Advertisement

पछिल्लो समय सहमतिमा पुगेपछि भारत र चीनले लद्दाखको पान्गोङ त्सो क्षेत्रबाट सेना र ट्यांकलगायत अन्य सैनिक उपकरणहरू फिर्ता गरिरहेका छन्।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top