विद्यार्थी दिनहुँ बेहोस हुन थाले पछि

२५ जेठ ७५, शनिबार

दार्चुला, जेठ २६

दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो ।

Advertisement

ञछात्रा बेहोस हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५–२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा एक घण्टापछि मात्रै होसमा आउने गरेको जनाइएको छ ।

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हाम फाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिए ।

Advertisement

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताए । यता डाक्टरले उक्त रोगलाई मास हिष्टेरिया बताएका छन् ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top