प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड छैन : अमिक शेरचन

८ फागुन ७७, आइतबार

८ फागुन, कास्की ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन् ।पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताए ।

प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उनले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए ।

Advertisement

प्रदेश प्रमुख शेरचनले भने “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।” उनले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए ।रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top