×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

तालिबान पनि इदमा युद्धविराम गर्न सहमत

२६ जेष्ठ २०७५

काबुल, जेठ २६
तालिबान लडाकूहरुले तीन दिनका लागि शनिबार युद्धविरामको घोषणा गरेका छन् ।

इद उद फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी युद्धरत तालिबानले विराम घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement

तीन दिने इद विदाका बेला अफगानिस्तानका सरकारी फौजलाई केही नगरेपनि विदेशी पदाधिकारी विरुद्धको कारबाही भने जारी रहने तालिबानले स्पष्ट पारेको छ ।

तालिबान समूहले आफुहरु विरुद्ध कुनै कारबाही भएमा भने कडा रुपमा प्रतिकार गर्ने एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् ।

सरकारी पक्षले एक हप्ता लामो युद्धविराम घोषणा गरेपछि तालिबान समूहले दुई दिने युद्धविराम घोषणा गरेको विज्ञप्ति शनिबार बिहानै यहाँका सञ्चारमाध्यमहरुलाई पठाएका थिए ।

“इद उल फित्रका अवसरमा तीन दिन सरकारी सुरक्षाकर्मी विरुद्धका सवै कारबाहीहरु रोक्न निर्देशन दिइएको छ,” तालिवानद्धारा प्रेषित सन्देशमा भनिएको छ ।

सन्देशमा आफूलाई आक्रमण गर्नेका विरुद्धमा कडा प्रतिवाद गरिने र विदेशीहरु विरुद्धको कारबाही पनि जारी रहने उल्लेख गरिएको छ ।

सन् २००१ देखि अहिलेसम्मको युद्धका क्रममा तालिबान लडाकूहरुको तर्फबाट अफगानिस्तानमा इदको अवसरमा युद्धविराम भएको यो पहिलो पटक हो ।

यसपटक अफगानिस्तानका राष्ट्रपति असरफ घानीले गत मङ्गलबार तालिबान विरुद्ध एक हप्ते युद्धविराम घोषणा गरेका थिए।

Advertisement
Advertisement

उनको सो घोषणाले पनि तालिबानहरुलाई आफ्नो तर्फबाट युद्धविराम गर्न दबाब सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top