सहिदहरुको सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण

८ फागुन ७७, आइतबार

९ फागुन, सुर्खेत ।
कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर–४ मा प्रदेश प्राप्तिको आन्दोलनका सहिदको स्मृतिमा पार्क निर्माण गरेको छ ।

वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।

छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एकजनाले ज्यान गुमाएका थिए ।

Advertisement

सुर्खेत, वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम बीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका सहिदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ ।

यी चार सहिदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो ।

Advertisement

अभियान निर्माण सेवाले एक करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ ।

दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए ।

पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए ।

‘‘सहिदहरुको सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ । पार्क बनेसँगै घुमफिर गर्न आउनेको संख्या धेरै छ,’’ उनले भने, ‘‘पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भिड छ ।’’

पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ ।

तर, निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top