मुसहर बस्तीमा सुधारिएको चुलो वितरण

९ फागुन ७७, आइतबार

९ फागुन, चितवन ।
पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ ।

Advertisement

रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् ।

तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदायलाई प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

Advertisement

मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, इम्प्याक्टका अध्यक्ष गिरी र बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संयुक्तरूपमा मुसहर महिलालाई चुलो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वनका अध्यक्ष तामाङले दाउराको प्रयोग गरेर खाना पकाउँदा महिलाको स्वास्थ्य तथा बस्ती नै कुरूप बन्दै गएकाले सुधारिएको चुलो प्रदान गरिएको बताए ।

Advertisement

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top