भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती माग्ने पक्राउ

९ फागुन, जनकपुरधाम ।

धनुषा प्रहरीले बालकलाई अपहरण गरेर १ करोड फिरौती रकम माग्ने अपहरणकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका वडा नंं ६ बस्ने रमेश दासको छोरा वर्ष ७ को चन्दन दासलाई अपहरण गरेर १ करोड फिरौती रकम माग गर्ने वर्ष २० को रामरतन दास भन्ने लक्ष्मेश्वर दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बालकलाई शनिबार दिउँसो १ः०० बजे घरबाट अपहरण गरेर महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं ७ दनौली घर भई जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ कटैया चौरीमा डेरा गरी बस्ने दासले डेरामा नै बन्धक बनाएर बालकलाई राखेको अवस्थामा प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

Advertisement

बालकलाई अपहरण गरेर साँझ ५ः०० बजे आमालाई फोन गरी १ करोड फिरौती रकम माग गरेपछि पीडितले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको विशेष टोली परिचालन गरी गए राति ८ः३० बजे बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कपडा तथा हाडवेयरको व्यवसाय गर्ने बालकका बुबासँग १ करोड रकम माग गरेपछि सीमा प्रहरी कार्यालय जटहीमा खबर गरेका थिए । प्रहरीले तत्कालै विशेष टोली परिचालन गरेर अपहरणकारीलाई पक्राउ गर्नमा सफल भएको छ ।

Advertisement

यस अघि अनुसन्धानको क्रममा बालकलाई अपहरण गरिराखेको घरका धनीलाई प्रहरीले पक्राउ गरेको थियो । अपहरण गर्ने युवक दास बालकका आफ्नै मामा रहेको र अपहरण गरेको पनि उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

नीज अपहरणकारी माथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुन अनुसार प्रहरीले मुद्दा चलाउने तयारी गरेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top