आफन्तकै छैन भर : अधिकांश बलात्कार परिवार र चिनेजानेकै बाट

१० फागुन ७७, सोमबार

२०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।

Advertisement

२०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो । २०७६–७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।

२०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top