दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

२७ जेठ ७५, आइतबार
Share this
695shares

चितवन, जेठ २७

Advertisement

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।

Advertisement

घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्याङ्कर खाली रहेको प्रहरीले जनाएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top