नैतिक संकटमा प्रधानमन्त्री ओली, राजीनामा वा अविश्वास प्रस्ताव सामना

११ फागुन ७७, बुधबार

काठमाडौं : प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ ।

अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव ‘फेस’ गरेर जाने दुई विकल्प रहेको कानुनज्ञाता तथा राजनीतिज्ञ बताउँछन् ।

संसद् विघटन गर्नुअघि नै ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सर्वोच्चले मंगलबार साँझ नै आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिइसकेको छ ।

अब बस्ने संसद् पहिलो बैठकमा नै ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने देखिएको छ । ओलीले त्यसअघि नै राजीनामा दिएमा भने देश नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा जानेछ ।

विभिन्न दलका नेताले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै मंगलबार नै प्रधामन्त्री ओलीको राजीनामा मागेका छन् ।

ओलीले ‘अरु नौटंकी गरे दुर्गती हुने’ भन्दै प्रचण्डले ‘नैतिकता भए तत्काल राजीनामा दिन’ सुझाएका छन् । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पदमा बसिरहने नैतिक अधिकार एक सेकेन्ड पनि नभएको टिप्पणी गरेका छन् ।

संविधानविद् भिमार्जुन आचार्य प्रधानमन्त्री ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिन्छन् ।

प्रधानमन्त्री ओली तथा सत्तापक्षले भने ‘राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने ?’ भन्ने निर्णय गरिसकेका छैन । उसले सर्वोच्चको फैसला स्वीकारेर जानेमात्र प्रतिक्रिया दिएको छ । ‘सर्वोच्चको फैसला अपेक्षित रहेन तर अहिलेलाई स्वीकार गरेर जान्छौं,’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top